इरानले अबुधाबीमा हानेको ड्रोन निष्क्रिय पार्ने क्रममा दिवस श्रेष्ठको मृत्यु

काठमाडौं ।  इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ ।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विमानस्थलमा सेक्युरिटी गार्डको रुपमा मिडल इस्ट कम्पनीमा कार्यरत दिवस श्रेष्ठको ज्यान गएको हो । यूएईको पराराष्ट्र मन्त्रालयले नेपाली नागरिकको निधन भएको आधिकारिक जानकारी दिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठ ड्रोन निष्क्रिय पार्ने क्रममा घटनामा पर्नुभएको दूतावासले जनाएको छ ।

गोर्खा घर हुनुभएका २९ वर्षीय दिवसको निधनप्रति दूतावासले गहिरो दुःख व्यक्त गरेको छ । श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने सम्पूर्ण कार्यमा सहजीकरण दूतावासले गरिरहेको जानकारीसमेत गराएको छ । दूतावासले संवेदनशील परिस्थितिमा यूएइमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नसमेत विशेष अनुरोध गरेको छ । (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर