इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको आधिकारिक पुष्टि

काठमाडौं ।  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको बताएका थिए । अमेरिका र इजरायलले शनिबार संयुक्त रुपमा इरानमाथि हमला गरेका थिए । सो हमला खानेनीको निवासमा एकैपटक ३० वटा बंकरब्रस्ट बम खसालेका थिए ।  सोही क्रममा उनको निधन भएको समाचारहरूमा जनाइएको छ ।

सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति उनकै हातमा रहेको थियो । उनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समयसम्म शासन गर्ने नेता र मध्यपूर्वका सबैभन्दा लामो समयसम्म पदमा रहने राष्ट्रप्रमुख हुन्। यसैगरी खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको जनाएको छ। इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग सम्बन्धित फार्स समाचार एजेन्सीले उल्लेख गरेको छ कि यी आक्रमणमा खामेनीका परिवारका सदस्यहरू मारिएका हुन्। फार्सले थप उल्लेख गरेको छ, “यी हमलामा खामेनीकी एक बुहारीको पनि मृत्यु भएको बताइँदैछ।”

इरानका पूर्वयुवराजको प्रतिक्रिया : अब राष्ट्रिय उत्सवको समय आयो

इरानका अन्तिम शाह (राजा) का निर्वासित छोरा रेजा पहलवीले इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युको दाबीसहितको खबरपछि प्रतिक्रिया दिएका छन् । उनले अब राष्ट्रिय उत्सवको सुरुवात भएको बताउँदै खामेनीलाई इरानी पौराणिक कथाका क्रूर पात्र जहाकको संज्ञा दिए ।

उनले खामेनीलाई दशौँ हजार इरानी युवायुवतीका हत्याराको रूपमा चित्रण गर्दै उनी अब इतिहासको पानाबाट मेटिएको दाबी गरे। पहलवीले एक्समा लेखेका छन्, ‘खामेनीको अन्त्यसँगै इस्लामिक गणतन्त्रको पनि व्यवहारिक रूपमा अन्त्य भएको छ र यो छिट्टै इतिहासको रद्दीटोकरीमा मिल्नेछ।’ पूर्व युवराज पहलवीले इरानी अधिकारीहरूलाई नयाँ उत्तराधिकारी नियुक्त नगर्न चेतावनी समेत दिएका छन्। उनले इरानी सेना, सुरक्षा निकाय र प्रहरी बलका लागि जनताको पक्षमा उभिने यो अन्तिम मौका भएको बताए।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि आफ्ना बुबा र परिवारसँगै निर्वासनमा गएका पहलवी लामो समयदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर