दुर्गा प्रसाईं थुनामुक्त
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा हिजो मंगलबार बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको थियो । अदालतले उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको हो ।
प्रतिक्रिया
