गौरमा लगाइएको कर्फ्यू हट्यो
काठमाडौं । रौतहटको सदरमुकाम गौरमा गत शुक्रबारदेखि लगाइएको कर्फ्यू आज सोमबार बिहान ६ बजेदेखि हटाइएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिएका छन्।
प्रशासनले कफ्र्यु हटेपछि पनि अवस्था संवेदनशील रहेकाले कुनै पनि धार्मिक, जातीय वा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। विशेषगरी भेला, जुलुस र प्रदर्शन नगर्न प्रशासनले चेतावनी दिएको छ। प्रजिअ भुसालका अनुसार बिहानपछि क्षेत्रको अवस्थाको निरन्तर अनुगमन गरिनेछ र आवश्यक परे थप निर्णय लिइनेछ।
उता, पछिल्ला चार दिनदेखि दुई समुदायबीच देखिएको तनाव अन्त्य गर्न नागरिक समाज सक्रिय भएको छ। आज बिहान ७ः३० बजे गौर नगरपालिका–सबगढामा दुवै समुदायका अगुवाको सहभागितामा एकता र शान्तिको सन्देश दिने सद्भाव -याली निकालिने तयारी गरिएको छ।
