निर्वाचन बिथोल्ने तत्त्वहरुको प्रयास सफल हुँदैन : निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शताब्दीकै पेचिलो निर्वाचनलाई आयोगले सरल बनाएको बताएका छन् । गोरखापत्र संस्थानले आइतबार काठमाडौंमा आयोजना गरेको निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रममा उनले भने, “शताब्दीकै पेचिलो निर्वाचनलाई सरल बनाएका छौँ । देशमा विथोलिएको वातावरणलाई लयमा ल्याउने विकल्प निर्वाचनबाहेक अर्को छैन।”

उनले निर्वाचनको विकल्प निर्वाचन भएकाले तोकिएकै समयमा निर्वाचन हुने भएकाले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरे । कार्यक्रममा उनले केही तत्त्वहरुले निर्वाचन बिथोल्ने प्रयास गरेपनि त्यो प्रयास सफल नहुने बताए। उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गरे । अझै पनि केही उम्मेदवारहरुले आफूलाई निर्वाचनको वारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्दै यनले भ्रममा नपरी निर्वाचनको प्रचार–प्रसारमा लाग्न सुझाव दिए ।

उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्नसक्ने उल्लेख गर्दै भने, “अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बन्दैन ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर