सुनसरीमा कांग्रेस र रास्वपाका कार्यकर्ताबिच झडप, प्रहरीद्वारा लाठीचार्ज

काठमाडौं । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका ४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबिच झडप भएको छ । प्रहरीले दुबै समूहलाई तितर वितर पार्न लाठीचार्ज गरेको छ । सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहाको चुनावी कार्यक्रममा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका थिए ।

बाटोमा रास्वपाका केही युवाहरूसँग जम्काभेटपछि विवाद बढेर हात हालाहाल भएको थियो । कांग्रेसको भ्रातृसंगठन तरुण दलका कार्यकता र रास्वपाका कार्यकतामाथि जाइलागेपछि निर्वाचन सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गर्नुपरेको सुनसरीका एसपी केशव थेवेले बताए ।

उनका अनुसार हात हालाहाल गर्ने कांग्रेस र रास्वपाका कार्यकर्ताहरू छिमेकी छिमेकी नै रहेको तर राजनितिक दल फरक भएकाले उनीहरूबीच विवाद भएको थियो । सो क्रममा केहीबेर झडपको अवस्था बनेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर