देशभर शनिबारको मौसमी अवस्था सामान्य
काठमाडौं । देशभरको शनिबारको मौसमी अवस्था अहिले सामान्य रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु-कुहिरो रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ। आज राती तराईका थोरै स्थानहरूमा तुवाँलो रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।
