दाङ घटना : बालेनको पुत्ला दहन, रास्वपा कार्यालय तोडफोड

काठमाडौं । अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाइएको विरोधमा काठमाडौंमा साँझ मसाल जुलुस निकाल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहको पुत्ला दहन गरेको छ।

अनेरास्ववियुले आरआर क्याम्पस परिसरबाट जुलुस सुरु गरेको थियो। उक्त घटना लोकतान्त्रिक अभ्यास, राजनीतिक सहिष्णुता तथा सामाजिक सद्भावमाथि असर पार्ने गतिविधिका रूपमा रहेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो।

एमालेले आफ्नो झण्डा जलाउने कार्यमा रास्वापाका नेता-कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ। तर, रास्वापाले उक्त आरोप अस्वीकार गर्दै घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।  रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड भएको बताए ।

‘पार्टीको सम्पर्क कार्यालय तोडफोड गरिएको रहेछ,’ कमल सुवेदीले भने, ‘कसले, किन गरेको बुझ्दैछुँ ।’ उक्त तोडफोडको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनकि भएको छ । जसमा युवा संघ र एमालेको नारा लगाउँदै केही युवाहरुले तोडफोड गरेको देखिन्छ । अस्ति बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर