दाङमा रास्वपा समर्थकहरूको कर्म : राजा वीरेन्द्रको शालिकमाथि चढेर प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुले राजा वीरेन्द्रको शालिकमाथि चढेर प्रदर्शन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाएको छ ।

रास्वपा सभापति रवि लामिछाने दाङ आउने क्रममा बिहीबार राति तुलसीपुर नगरपालिकाको वीरेन्द्र चोकमा रास्वपा कार्यकर्ताहरुले शालिकमाथि चढेर प्रदर्शन गरेका थिए । उक्त भिडियो भाइरल भएपछि आज राप्रपाले शालिकप्रति रास्वपाका कार्यकर्ताहरुले दुर्व्यवहार गरेको भन्दै घोर भर्त्सना एवं खेद प्रकट गरेको हो ।

राप्रपाको लुम्बिनी प्रदेश सचिव राजेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कसैको आस्थामा असर पर्ने यस्तो खाले अराजकतापूर्ण व्यवहार सैह्य हुँदैन । तसर्थ यो गतिविधिको सम्बन्धमा तत्काल रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न आग्रह गर्दछौं । साथै, यस्तो घटना फेरि नदोहोरिने प्रतिवद्धता गर्नहुन समेत आग्रह गर्दछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर