चुनावको भोलीपल्ट प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको तारिख
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतले फागुन २२ गतेको तारिख दिएको छ । जबकि फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । विघटनविरुद्ध रिट हालेकामध्ये अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट फागुन २२ गतेको साधारण तारिख आफूले पाएको बताए ।
विघटनविरुद्ध सर्वोच्च अदालतमा कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । योबीचको अवधिमा प्रारम्भिक सुनुवाइ मात्र भएको छ । थप सुनुवाइ कहिले हुन्छ अझै टुंगो लागेको छैन ।
प्रतिक्रिया
