सर्वोच्चकाे आदेश : प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

काठमाडौं ।  सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा  प्रसाईंलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो । साथै  प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी भएको छ । दुर्गा प्रसाईको हकमा उमा प्रसाईले बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर