फिलिपिन्समा पहिरोबाट सात जनाको मृत्यु

काठमाडौं ।  दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो र डाभाओ ओरिएन्टल प्रान्तमा भारी वर्षाका कारण आएको पहिरोबाट कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीले शुक्रबार बताएका छन् ।

फिलिपिन्स रेड क्रसले दाभाओ डे ओरो प्रान्तको मोन्कायो सहरस्थित प्रभावित क्षेत्रबाट तीन जनाको शव बरामद गरेको बताएको छ । स्थानिय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न अधिकारीले प्रभावित क्षेत्रको मूल्याङ्कन अवलोकन जारी राखेको फिलिपिन्स रेडक्रसका अध्यक्ष र प्रमुख कार्यकारी अधिकारी रिचर्ड गोर्डनले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।

शुक्रबार डाभाओ ओरिएन्टलको माटी सहरमा आएको पहिरोले एउटै परिवारका चार जनाको मृत्यु भएको सहरको फायर स्टेसनले सामाजिक सञ्जाल मार्फत जनाएको छ । निरन्तर अनुगमन र द्रुत प्रतिक्रिया सञ्चालनका साथ प्रभावित प्रान्तमा रेडक्रस शाखा उच्च सतर्कतामा रहेको गोर्डनले बताउनु भएको छ ।

सुरिगाओ डेल सुर प्रान्तको बिस्लिग सहरका समुदायमा पानी पसेकाले स्वयंसेवकले  प्रभावित परिवारलाई सुरक्षित क्षेत्रमा सर्न सहयोग गरेको जनाइएको । अधिकारीले क्षतिको आकलन र प्रभावितको सुरक्षा सुनिश्चितको प्रयास जारी राखेका कारण स्थानीय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यालयसँग अनुगमन र समन्वय जारी रहेको रेड क्रसले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर