आज फागुन ७ गते बिहीबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। शुभचिन्तक र अधिकारीहरूको प्रशंसा प्राप्त हुनेछ। कुनै कुरालाई लिएर मनमा मानसिक शान्ति रहनेछ साथै परिवारसँग सामन्जस्य बनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बनाएका योजनाहरू सफलतापूर्वक सम्पादन गर्न सकिनेछ। व्यवसायमा प्रगतिको योग छ। नोकरी वा पेशामा स्थिरता, जिम्मेवारी र अनुशासनको भावना मजबुत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू कोरिने छन्। परिवारको सहयोग प्राप्त हुनाले मनोबल उच्च रहनेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक वादविवादबाट टाढा रहनुहोस। आलस्यले गर्दा काम समयमा सम्पादन गर्न नसकिएला। विदेशतिरबाट शुभ सूचना मिल्ला। श्रमको उचित मूल्यांकन नपाइएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवनसाथीको कुरालाई वेवास्था नगर्नुहोस्। समस्या दर्शाउँदा सहयोग पाइनेछ। कार्यक्षेत्रमा लिएको जिम्मेवारी प्रति जागरुकता बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दिन सावधानीपूर्वक बिताउने प्रयास गर्नुहोस्। आर्थिक कारोबारमा नयाँ लगानी वा नयाँ निर्णय लिनुभन्दा अघि जानकारसँग सल्लाह लिनुहोस्। उठ्नुपर्ने रकम हात लागि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम र मित्रताको बन्धन कसिनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। मनमा परोपकारको भावना जाग्नेछ। व्यक्तित्वमा आकर्षण वा प्रभाव बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक जिम्मेवारी पूरा गर्नु दौडधुप गर्नुपर्ला। आत्मबल र कार्य क्षमतामा कमी आउनेछ। नोकरी वा पेशामा अधिनस्थहरूबाट भनेजस्तो सहयोग प्राप्त नहोला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जिम्मेवारी कार्यक्षेत्रमा बढ्नेछ। धैर्य र आत्मविश्वासमा वृद्धि हुनेछ। आफूभन्दा सानाप्रति आत्मीय भाव जाग्नेछ। दिन रमाइलो वा मनोरञ्जनपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रा गर्दा र सम्पत्ति सम्बन्धी मामलाहरूमा सावधानी अपनाउनुहोस्। व्यावहारिक पक्षलाई मजबुत बनाएर परिस्थितिलाई आफ्नो अनुकूल बनाउने प्रयास गर्नुहोस्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा मान प्रतिष्ठा बढ्नेछ। बनाएका योजनाहरू सफल रहनेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। कार्यक्षेत्रमा प्रतिस्पर्धा र चुनौती बढ्नेछ। अरुलाई सल्लाह दिनबाट जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर