देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा उत्रिएको बताएका छन् ।
रास्वपाले आज धनगढीमा आयोजना गरेकोे परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले रास्वपाले राजनीतिक विकृति र विसङ्गतिविरुद्ध आवाज उठार्इ जनतालाई अधिकार सम्पन्न बनाउने बताए ।

देशको राजनीतिक आंकाक्षा केन्द्रमा राखेर यस पटक निर्वाचनमा आएको सभापति लामिछानेको भनाइ थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेकाले निर्वाचनमा स्वविवेकले मताधिकार प्रयोग गर्न जनतालाई आग्रह गरे ।

सोही कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम र देश बनाउने जिम्मा अब राष्ट्रिय स्वतन्त्र पाटीको काँधमा आएको बताए । वरिष्ठ नेता साहले गरिब तथा विपन्न वर्गले प्राप्त गर्नुपर्ने शिक्षा, स्वास्थ्यलगायतका विषयहरूनै पार्टीको एजेन्डा रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर