बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु

काठमाडौं ।  काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२९०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छ । मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको छ । घटनापछि स्थानीयवासी आक्रोशित बन्दै टिपरमा आगो लगाइदिएका छन् भने चालक फरार छन् । अहिल सडक अवरुद्ध हुँदा सवारी आवागमनसमेत प्रभावित भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर