कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक फागुन ८ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाएको छ। बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। दुई साताअघि मात्रै केन्द्रीय अनुशासन समितिको संयोजक नियुक्त भएका तारामान गुरुङले बैठक बोलाएका हुन्।
प्रतिक्रिया
