उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्हसम्म हुस्सु/कुहिरो रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको प्रदेशका उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राती भने, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर