आज फागुन ३ गते आइतबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइहरूबाट सहयोग र हौसला प्राप्त हुनेछ। रमणीय र पायक स्थानमा यात्राका योग छन्। सामाजिक कार्यले अरुको हित गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक तनाव घट्दै जानेछ भने अग्रजहरूको सुझावलाई वेवास्था नगर्नुहोस्। धैर्य वा निरन्तर प्रयासले कार्यमा सफलता मिल्नेछ। अवसरवादीहरूले झुक्याउलान् सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक लेनदेनमा सचेत रहनुपर्ने समय रहेको छ। प्रेम सम्बन्ध र पारिवारिक जीवन आनन्दमय रहनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी कामबाट लाभ मिल्नेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। खर्चमा नियन्त्रण गर्नुपर्ला। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गोप्य योजनामा सफलता मिल्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्। धैर्यले काम गर्दा राम्रो परिणाम आउँछ। मन अलि चञ्चल हुन सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ अवसर प्राप्त हुने योग छ। यात्राबाट लाभ मिल्न सक्छ। आत्मविश्वास बढ्ने दिन हो। अध्ययन र ज्ञानमा प्रगति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कामको जिम्मेवारी बढ्न सक्छ। परिश्रमको राम्रो फल मिल्नेछ। वरिष्ठको सहयोग प्राप्त हुनेछ। धैर्यले समस्या समाधान हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ सोचले फाइदा दिनेछ। साथीहरूको साथले काम सजिलो हुनेछ। प्रविधि सम्बन्धी काममा सफलता मिल्नेछ। रचनात्मक काममा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आध्यात्मिक झुकाव बढ्नेछ। मन शान्त र सकारात्मक रहनेछ। सेवा कार्यबाट सन्तुष्टि मिल्नेछ। भावनात्मक सन्तुलन कायम गर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएको कार्य सम्पादन हुने वा नयाँ काम पाइने योग रहेको छ। आफ्नो बोलिले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम्पत्य जीवन रमाइलो रहनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। पठन पाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कुनै कुरालाई लिएर मन अशान्त रहन सक्छ तसर्थ केही समय आफ्नो लागि दिनुहोस्। नोकरी वा पेशामा झुटो आरोप लाग्न सक्ला। महत्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर