आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा दिएको छ । २०८२ सालको सार्वजनिक बिदासम्बन्धमा २०८१ फागुन ११ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बुधबार (फागुन ६) ग्याल्पो ल्होसार र बिहीबार (फागुन ७) प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।
जहाँनिया राणा शासन अन्त्य गरेर २००७ फागुन ७ गते प्रजातन्त्र घोषणा गरिएको दिनको स्मरण गर्दै हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिएको छ । यस दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
२०६२/६३ सालयता विभिन्न समुदायहरुले मनाइने चाडपर्वमा पनि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । जसअनुसार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको अवसरमा आउँदो बुधबार (फागुन ६) सार्वजनिक बिदा दिइएको हो ।
प्रतिक्रिया
