नयाँ चिनियाँ राजदूत चाङको काठमाडौं आगमन

काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नेपाल आएर आफ्नो कार्यभार सम्हालेका छन् । यसअघिका राजदूत छन् सोङको बढुवा भएपछि चीन सरकारले नेपालका लागि नयाँ राजदूतमा माओमिङलाई नियुक्त गरेको थियो । उनी हिजो शुक्रबार काठमाडौं आएका हुन् ।

काठमाडौं विमानस्थलमा राजदूत माओमिङलाई परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र नेपालस्थित् चिनियाँ दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर