काठमाडौं : विश्वकै चौथो प्रदूषित शहर
काठमाडौं । राजधानी काठमाडौंको हावाको गुणस्तर बिहीबार बिहान अत्यन्तै खराब अवस्थामा पुगेको छ। विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा काठमाडौं चौथो स्थानमा उक्लिएको छ।
आईक्यू एअरको तथ्यांक अनुसार काठमाडौं बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको छ । हाल यहाँ हावाको एक्यूआई १८८ रहेको छ । यहाँको हावामा पीएम २.५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१.७ गुणा बढी रहेको छ ।
विश्वकै प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल शहर छ । भारतको राजधानी नयाँ दिल्ली काठमाडौंपछि पाँचौं स्थानमा रहेको छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।
प्रतिक्रिया
