दुर्घटनाका पीडित परिवारले रामेछापमा यातायात बन्द

काठमाडौं । हिजो मंगलबार बिहान मन्थली नगरपालिका वडा नं. ६ मसानटार नजिकै भएको बस दुर्घटनाका पीडित परिवारले विभिन्न माग राख्दै आज रामेछापमा यातायात बन्द गराएका छन्।

पीडित पक्षले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग अघि सारेका छन् । सोही मागलाई सम्बोधन गर्न दबाब दिँदै उनीहरूले जिल्लाभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन ठप्प पारेका हुन्।

यातायात बन्दका कारण मन्थली–काठमाडौं, मन्थली–खुर्कोट लगायतका मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित बनेको छ। लामो दूरीका सवारीसाधन समेत सञ्चालनमा आउन सकेका छैनन् भने यात्रुहरू अलपत्र परेका छन्।

पीडित परिवारले आफ्ना माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएका छन्। जिल्ला प्रशासन कार्यालयले भने संवाद र सहमतिमार्फत समस्या समाधान गर्न पहल भइरहेको जनाएको छ। उक्त दुर्घटनामा १२ जनाके ज्यान जानुका साथै ८ जना घाइते भएका छन् । पिडित परिवारले माग पुरा नभएसम्म दुर्घटनाका मृतकके शब  समेत नबुझ्ने अडान राखेका छन् । अहिले मृतकहरूके शब मन्थली अस्पतालमा राखिएके छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर