फागुन १ गते पूर्वराजाको स्वागत गर्न एअरपोर्टमा आउन आह्वान
काठमाडौं । शाही युवा शक्ति नेपालले आगामी फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं विमानस्थलमा भव्य स्वागतको लागि नागरिकसमक्ष अपिल गरेको छ । २१ फागुनको निर्वाचनअघि नै पूर्वराजा ज्ञानेन्द्रलाई तेस्रोपटक राजगद्दीरोहण गराईनुपर्ने शाही युवा शक्ति नेपालको माग छ । यसको लागि उसले देशव्यापी रूपमा दबावमूलक कार्यक्रमपनि आयोजना गर्दै आएको छ ।
आज मंगलबार पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले ‘अबको निकास, निर्मल निवास’ मूल नारा बनाएर मोटरसाईकल र्यालीलगायतका कार्यक्रम गर्दै आएको शाही युवा शक्तिले पूर्वराजा शाहलाई काठमाडौं विमानस्थलमा फागुन १ गते भव्य स्वागतको लागि आह्वान गरेको हो ।
प्रतिक्रिया
