नवलपरासी प्रशासनले रवि लामिछानेलाई किन रोके ?
काठमाडौं । नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मंगलवार तय गरिएको चुनावी कार्यक्रममा रोक लगाएको छ ।
प्रशासनले सूचना जारी गर्दै उक्त कार्यक्रम निर्वाचन आचार-संहिताविपरीत भएको ठहर गर्दै सञ्चालन नगर्न निर्देशन दिएको हो ।लामिछाने माघ २७ गते जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुने कार्यतालिका तय गरिएको थियो । सोमवार दिनभर रुपन्देहीका चुनावी कार्यक्रममा सहभागी भएका उनी मंगलवाए नवलपरासी पुग्ने तयारीमा थिए ।
यसअघि उनी आइतवार पूर्वी नवलपुर र पश्चिम नवलपरासीका कार्यक्रममा पनि सहभागी भएका थिए । मंगलवारको कार्यक्रम सकेर चितवन फर्कने योजना रहे पनि प्रशासनको निर्णयपछि कार्यक्रम स्थगित भएको छ ।
प्रतिक्रिया
