बालेनको डेरामा चोर्ने तीन जना पेशेबर अपराधी

काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) साहको घरमा चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ १६‚ बालाजु हाईट घर भई बाँसबारी बस्ने ४२ वर्षीय मनीष राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर ६‚ पड्कु घर भई काठमाडौँ ३१‚ गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र दिपायल सिलगढी नगरपालिका ६‚ डोटी घर भई धादिङ धुनिबेँसी ७‚ खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ छन् ।

तीनैजना यसअघि पनि विभिन्न अपराधमा संलग्न व्यक्ति हुन्। प्रहरीले राजवाहक‚ खड्का र श्रेष्ठलाई विभिन्न मितिमा पक्राउ गरेको जनाएको छ।उनीहरूले चप्पल कारखानास्थित सितादेवी गुरुङको घरमा रहेको बालेनको डेरा कोठामा चोरी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर