आज माघ २५ गते आइतबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा कार्य सम्पादन नहुनाले हानि नोक्सानी खेप्नु पर्ला। व्यापार व्यवसायमा पिताद्वारा सहयोग मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुरानो कुरालाई लिएर दाम्पत्य जीवनमा वादविवाद रहला। नयाँ कार्यतर्फ अग्रसर भइनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिताएको कार्यसम्पादन गर्न सकिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि माननीयजनहरूबाट सल्लाह लिनुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारबाट लाभ प्राप्त होला। नोकरी वा पेशामा साथीहरूको साथ पाइनेछ। भविष्यको लागि नयाँ योजनाहरू कोरिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामूहिक कार्यमा सबैको सल्लाह लिएर कार्य गर्नुहोला। कार्यक्षेत्रमा लगनशीलताले कार्य गर्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यमा खानपिनमा सजगता अपनाउनुहोस्। व्यर्थको वादविवादमा समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भाग्यले विभिन्न अवसरहरू दिलाउनेछ। सन्तानको प्रगतिलाई देखेर मन प्रसन्न रहनेछ। संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग गाढा सेतो हो भने शुभ अंक १ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। जमीन जग्गाबाट लाभ प्राप्त हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धैर्य र पराक्रममा वृद्धि हुनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। विवादास्पद मामलाहरूबाट टाढा रहनुहोस्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारी वर्गहरूलाई व्यापारमा नयाँ लगानीले लाभ मिल्नेछ। नौकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यको जग बसाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक जमघटका योग छन्। आर्थिक प्रयोजनको लागि अतिरिक्त कार्य गर्नुपर्ने हुनसक्छ। प्रेम सम्बन्धमा मनमुटावका योग छन्। कार्यकुशलताको समाजमा चर्चा हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको कुरालाई बेवास्ता नगर्नुहोला। हतारमा लिएका निर्णयहरू नोक्सानदायी रहनेछन्। राजनीतिक र सामाजिक क्षेत्रमा प्रभुत्व बढ्नेछ। अध्यात्मतर्फ मन लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर