जेनजी शहिद परिवारका लागि मासिक २१ हजार ८ सय पेन्सन
काठमाडौं । शहरी विकास मन्त्रालयले ४२ जेनजी शहिद परिवारका लागि मासिक २१ हजार ८०० को दरमा पेन्सन निकासा गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उक्त रकम प्रदान गरिएको हो ।
आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । त्यस क्रममा जेलबाट भागेका बाहेकका व्यक्तिलाई सहिद घोषणाको निर्णय गरिएको थियो । त्यसरी सहिद हुनेमा तीन जना प्रहरी समेत थिए । अहिले प्रहरी बाहेक ४२ जनालाई सहरी विकास मन्त्रालयमार्फत मासिक पेन्सन रकम निकासा गरिएको हो । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार १० वर्षका लागि आवश्यक रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको छ ।
उक्त रकम निकासाका लागि अर्थ मन्त्रालयसँग छलफल गरिएको थियो । तर, अहिले मन्त्रालयको स्वीकृति बिना नै मन्त्रालयले पुनर्निर्माण कोषबाट रकम निकासा दिएको हो ।
