भक्तपुरस्थित रमेश स्टोर दण्डित

काठमाडौं ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुरथिमि नगरपालिका भक्तपुरमा रहेको एक स्टोरलाई रु १० हजार जरिवाना गरेको छ ।

विभागले गरेको अनुगमनका क्रममा कैफियत देखिएको पाइएपछि विभागले थिमिमा रहेको रमेश थापा स्टोरलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो स्टोरलाई जरिवाना गरिएको हो ।

यस्तै, गणपति जी ट्रेडर्सलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिइ एक दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १४ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी, स्थानीय प्रशासन तथा जनप्रतिनिधिको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर