के भन्छन् ? खामेनीको क्षेत्रीय युद्धबारे ट्रम्प

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले ‘क्षेत्रीय युद्ध’ को चेतावनीको जवाफ दिएका छन्। मार-ए-लागोमा पत्रकारसँग कुरा गर्दै ट्रम्पलाई खामेनीको उक्त भनाइको जवाफ दिन भनिएको थियो जसमा उनले अमेरिकाले इरानमाथि आक्रमण गरेमा ‘क्षेत्रीय युद्ध’ हुन सक्छ भनी चेतावनी दिएका थिए ।

यसको जवाफमा ट्रम्पले भने, “हो, उनी त्यही भन्नेछन्। तर हामीसँग त्यहाँ संसारकै सबैभन्दा ठूला, सबैभन्दा शक्तिशाली जहाजहरू छन्।” उनले भने, “आशा छ, धेरै चाँडै, केही दिन भित्र, हामीसँग सम्झौता हुनेछ। यदि हामीसँग सम्झौता भएन भने, हामीलाई थाहा हुनेछ कि उहाँ सही हुनुहुन्छ वा हुनुहुन्न।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्र इरानमाथि सैन्य हमला गर्ने धम्की दिइरहेका बेला खामेनेईको आइतबार भने, “यदि उनीहरूले युद्ध सुरु गरे भने, यसपटक क्षेत्रीय युद्ध हुनेछ भन्ने अमेरिकीहरूले बुझ्नुपर्छ ।”

खामेनेईको यो टिप्पणी हालसम्मकै सबैभन्दा प्रत्यक्ष धम्की मानिएको छ । अमेरिकी विमानवाहक पोत ‘यूएसएस अब्राहम लिंकन’ र अन्य युद्धपोतहरू अहिले अरब सागरमा तैनाथ छन् । इरानमा हालै भएका प्रदर्शनहरूमाथि सरकारले गरेको दमनपछि ट्रम्पले ती जंगी युद्धपोतलाई त्यस क्षेत्रमा पठाएको थिए ।

खामेनीले भने, “हामी उत्तेजना फैलाउने पक्षमा छैनौँ र कुनै पनि देशमाथि आक्रमण गर्न चाहँदैनौँ । तर, इरानी राष्ट्रले आफूमाथि हमला गर्ने वा दुःख दिने जोकोहीलाई पनि कडा जवाफ दिनेछ ।”

यसैबीच, ट्रम्पले इरानमाथि सैन्य बल प्रयोग गर्ने वा नगर्ने भन्नेबारे अझै स्पष्ट संकेत दिएका छैनन् । उनले बारम्बार इरान वार्ताका लागि इच्छुक रहेको दाबी गर्दै आएका छन् । ट्रम्पले तेहरानको परमाणु कार्यक्रमलाई मुख्य मुद्दाको रूपमा उठाउँदै त्यसलाई समाधान गर्न चाहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर