बालेनको घरमा चोरी भएको नदेखिएको : प्रहरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को मण्डिखाटारस्थित निजी निवासमा चोरी भएको नदेखिएको प्रहरीले जनाएको छ । गौशाला प्रहरी वृत्तका अनुसार सिनामंगलको पन्चकुमारी मन्दिर नजिक उनको घरसँगै म्यानपावर कम्पनीको अफिस समेत रहेको र त्यहाँ मान्छेको भिड हुँदा बालेन्द्रको घरमा चोरीको आशंका गरिएको थियो ।
भारको ग्रिल फोडेको अवस्थामा भेटिएकाले प्रहरीले चोरीको आशंकामा अनुसन्धान गरेको थियो । घरको अवलोकन गर्दा चोरी नभएको प्रहरीले पुष्टि गरेको छ । बालेन र उनकी धर्मपत्नी दुवैजना घरमा नभएको मौका छोपी अज्ञात समूहले घरको मूल ढोका (गेट) मा क्षति पुर्याएको पाइएको थियो ।
शुक्रबार साँझ शाहका आफन्त (मामा ससुराका छोरा) नियमित रेखदेखका लागि घर पुग्दा घटनाको रहस्य खुलेको थियो । घरमा बत्ती बाल्ने र बिरुवामा पानी हाल्ने जिम्मेवारी पाएका उनी हिजो साँझ मण्डिखाटार पुग्दा निवासको मूल ढोका फोडिएको अवस्थामा फेला परेको थियो । भित्र सामानहरू तितरबितर भएको देखेपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
