खीर खाँदै बालेनले लेखे, “सुदूर अब दूर छैन”
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूर अब टाढा नरहेको बताएका छन् । आज बुधबार डडेलधुरा पुगेर हिउँ परेको सडकमा उभिएको तस्बिर राख्दै उनले सुदूर अब दूर नभएको बताए ।
उनले सुदूरपश्चिमका जनतालाई धेरै माया दिनेसमेत भनेका छन् । ‘सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई,’ सुदूरपश्चिमकै भाषामा बालेनले फेसबुकमा लेखेका छन् । चुनावी अभियानको क्रममा डडेलधुरा पुगेका बालेनले सो क्षेत्रको प्रख्यात बाजेको खीर पसलमा पुगेर खिर पनि खाएका थिए ।
प्रतिक्रिया
