मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

हुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधबार बिहान हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपास क्षेत्र । तस्बिर : दाने बोहरा / राससमुस्ताङ जिल्लाका विभिन्न भेगमा हिजो मङ्गलबार रातिदेखि भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।

हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा स्थानीयवासीमा पलाएको छ । त्यसैगरी, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् । यसैबीच, बाजुरो जिल्लाका बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बूढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर