यातायातका कर्मचारी र प्रहरीको मोबाइल अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसहित २७ जनाको मोबाइल र विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।

लाइसेन्सको ट्रायलमा रकम असुलेको आरोपमा छानबिनका लागि अख्तियारले मंगलबार दिउँसो कार्यालय प्रमुखसहित १७ कर्मचारी, यातायातमा खटिएका तीनजना प्रहरी र ड्राइभिङ सेन्टरका ७ जनाको साथबाट मोबाइलसहितका उपकरणहरु नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार पोखरेलसहित १७ कर्मचारीका साथबाट २५ थान, ३ प्रहरीको साथबाट तीन थान र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टरका ७ कर्मचारीबाट ९ थान गरी ३९ थान मोबाइल नियन्त्रणमा लिइएको हो ।

लिखित जाँच दिनेबाट ५ हजारदेखि १० हजारसमम रकम असुलेर लाइसेन्स दिने गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो । त्यसपछि मंगलबार अख्तियारबाट विशेष टोली छड्केमा जाँदा कैफियत भेटेपछि अनुसन्धानका लागि उपकरणहरु नियन्त्रणमा लिएको हो । लाइसेन्सका लागि लिखित परीक्षा दिएरपनि अनुत्तीर्ण भएका तर पुन: परीक्षामा सामेल गराइएका मानिसहरुको पनि कागजात अख्तियारले यातायात कार्यालयबाटै नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर