कानुन व्यवसायी युवराज सफल पक्राउ
काठमाडौं । कानुन व्यवसायी युवराज सफल (युवराज पौडेल) पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोपमा आज प्रहरीले उनलाई पक्राउ गरेको हो ।
महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्ता सविता भण्डारीका बारेमा तथ्यहीन र भ्रामक सामग्री समेटिएको भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएर सार्वजनिक पदमा रहेका व्यक्तिको छविमा आँच पुर्याएको आरोपमा पौडेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रतिक्रिया
