रास्वपासँग पद होइन सिद्धान्त नै फरक : अध्यक्ष कुलमान

काठमाडौं ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको बताएका छन्। उनको यो भनाइले रास्वपासँग पद होइन सिद्धान्त नै फरक रहेको दर्शाउँछ ।

काठमाडौंमा शनिबार आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा अध्यक्ष घिसिङले आफू रवि लामिछानेलाई सभापति र बालेन साहलाई बरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासँग एकता गरेको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सही नभएको बताएका हुन् ।

पार्टी व्यवस्थापनका विषयमा आफूले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको उनले बताए। उनले सो समयमा समानुपातिक उम्मेदवार चयनमा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको दाबी गरे। तर प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढी उम्मेदवार उठाउने प्रस्ताव आफूहरुले गरेको उनले बताए।

उनले आफूले प्रत्यक्षतर्फको उम्मेदवार उठाउने विषयमा कुरा राख्दा रास्वपाले एकता भंग गरेको र आफू आश्चर्यचकित भएको उल्लेख गरे।घिसिङले उज्यालो नेपाल पार्टीसँग एकता भंग गर्न रास्वपालाई अन्यत्रबाटै दवाव आएको हुनसक्ने आशंका व्यक्त गरे। आगामी चुनावका लागि पार्टीले सशक्त रुपमा तयारी गरिसकेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर