आज माघ १० गते शनिबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन अलि भावुक हुन सक्छ तर सिर्जनशील सोच बढ्ने दिन हो। काममा धैर्यता राख्नुभयो भने सकारात्मक परिणाम देखिन्छ। अनावश्यक वहस र आवेगपूर्ण निर्णयबाट टाढा रहनु राम्रो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मित्रता र सहकार्यले मनलाई सन्तुलनमा राख्नेछ। समूहमा गरिएको कामले फाइदा दिन सक्छ। आलस्यले राम्रो अवसर छुट्न नदिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै पनि कार्य गर्दा निर्णयमा स्पष्टता चाहिन्छ। लेखन,पढाइको कुराकानीमा राम्रो प्रभाव पर्छ। भावनात्मक विषयमा वाचा नगर्नु बुद्धिमानी हुन्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चन्द्रमाको शुभ प्रभावले मन शान्त र सकारात्मक रहन्छ। धार्मिक वा आध्यात्मिक कुरामा मन जाने दिन हो। अति भावुक निर्णयले पछि असहजता ल्याउन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कामप्रतिको जिम्मेवारी बढ्नेछ। ठूला योजना बनाउँदा व्यावहारिक सोच राख्नु जरुरी छ। अहंकारले सम्बन्धमा दूरी ल्याउन सक्छ सावधान रहनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सानातिना काम मिलाएर गर्दा आत्मसन्तुष्टि मिल्छ। सेवाभाव र सहयोगी व्यवहारले मन हलुका बनाउँछ। स्वास्थ्यमा लापरवाही नगर्नुहोस् साथै खानपिनमा ध्यान दिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सम्बन्ध सुधार्ने र मनका कुरा राख्ने अनुकूल समय रहेको छ। कला र सौन्दर्यतर्फ आकर्षण बढ्ने दिन हो। निर्णयमा ढिलाइ गर्दा अवसर चुक्न सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज गहिरो सोच र आत्मविश्लेषण बढ्ने दिन हो। गोप्य योजना अघि बढाउन सक्नुहुन्छ। शंका र नकारात्मक सोच नियन्त्रणमा राखेर काम गर्दा फाईदा हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययनको लागि यात्राको सोच आउन सक्छ। आशावादी सोचले ऊर्जा दिनेछ। अधुरो काम थाँती नराख्नु आजको दिन उपयुक्त होला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम र जिम्मेवारीमा केन्द्रित रहनुपर्ने दिन रहेको छ। मेहनतको सानो फल आजैबाट देखिन सक्छ। भावना दबाएर नराखी व्यक्त गर्नुहोला साथै अरुको भावनाको पनि कदर गर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ विचार र कल्पनाले मन उत्साहित बनाउँछ। साथीहरूसँग समय व्यतीत गर्दा मानसिक शान्ति मिल्नेछ। अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आत्मविश्वास र पराक्रममा वृद्धी हुनेछ। भावनामा बगेर निर्णय नगर्नु उत्तम हुनेछ। एकान्त र प्रकृतिमा रमाउन मन लाग्छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर