गगन थापा काठमाडौं छोडेर सर्लाहीतर्फ चुनाव लड्दै

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही–४ बाट उम्मेदवार हुने भएका हुन् । यद्यपि कांग्रेसले हालसम्म औपचारिक रूपमा उम्मेदवारी तथा टिकट वितरणको निर्णय भने सार्वजनिक गरिसकेको छैन । पार्टीभित्र आन्तरिक छलफल जारी रहेकाले उम्मेदवारको अन्तिम टुंगो भने प्रक्रिया पूरा भएपछि मात्र लाग्ने कांग्रेस नेताहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर