महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

काठमाडौं ।  शिक्षामन्त्री पदबाट राजीनामा दिएका डा. महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा संसदीय निर्वाचन लड्ने घोषणा गरेका छन्। पुनले कुनै पनि दलको प्रतिनिधित्व नगरी जनताको प्रत्यक्ष समर्थनमा चुनावी मैदानमा उत्रिने निर्णय गरेको बताए।

राजनीतिमा इमानदार काम गर्न दलको सीमाभन्दा बाहिर उभिनु आवश्यक ठानेँ, पुनले भने, “शिक्षा, प्रविधि र ग्रामीण विकासलाई राष्ट्रिय प्राथमिकता बनाउने मेरो अभियान अब संसदबाट अघि बढाउँछु।” शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि पुनको राजनीतिक भविष्यबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर