प्रतिनिधिसभाको मनोनयन पत्र दाखिल गर्ने माघ ६ गते नै : आयोग

काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनकालागि मनोनयनको समय पछि नसर्ने जनाएको छ । कांग्रेस विवाद भएको हुँदा मनोनयनको समय पछि सार्न अनुरोध गरिएको थियो । तर, आयोगले पूर्व निर्धारित समयमै मनोनयन गर्ने जनाएको छ।

‘आयोगमा मनोनयनको समय पछि सार्ने विषयमा कुनै छलफल भएको छैन,’ सूचना अधिकारी सुमन घिमिरेले भने, ‘६ गते नै उम्मेदवारी दर्ता हुन्छ, पछि सर्दैन ।’

हिजै आयोगले विज्ञप्ति जारी गर्दै फागुन २१ लाई तय भएको निर्वाचनको मनोनयन दर्ता माघ ६ सम्ममात्र रहेको स्मरण गराएको थियो । आयोगले जारी गरेको विज्ञप्तिमा सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको उल्लेख गर्दै मनोनयन दर्ता गर्ने उम्मेदवारले बुझाउनुपर्ने कागजपत्रको फेहरिस्त पनि उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर