मौसम : पहाडी भू-भागमा आंशिक बादल लाग्ने

काठमाडौं । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जसका कारण तराईमा हुस्सु र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू(भागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू(भागका केही स्थानहरूमा हुस्सु-कुहिरो रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू‍(भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍(भागका एक-दुई स्थानमा हल्का वर्षा(हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यस्तै, आज राति, तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍(भागका एक(दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।

हुस्सु(कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई-सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर