कांग्रेसको संसदीय बोर्ड गठन

काठमाडौं ।  नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ। फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनमा टिकट बाँड्न कांग्रेसले १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो।

आज नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा बोर्ड गठन गरेको हो। जसमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहने छन्।

साथै बैठकले पार्टीलाई निर्वाचन केन्द्रित गराउने निर्णय पनि गरेकाे प्रवक्ता देवराज चालिसले  जानकारी दिए। विशेष महाधिवेशनबाट निर्वाचित गगन नेतृत्वको कांग्रेसलाई शुक्रबार मात्र निर्वाचन आयोगले आधिकारिक पार्टीको मान्यता दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर