कार्की सरकार र दुर्गा प्रसाइँबीच सहमति

काठमाडौं । नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईं र सरकारबीच सहमति भएको छ । सिंहदरबारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे माग र सवालहरूका विषयमा शुक्रबार हस्ताक्षर भएको हो ।

नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष प्रसाईंले सिंहदरबारमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रसाईँले यसअघि आफ्ना माग पुरा नभएको भन्दै फागुन १ बाट आन्दोलन घोषणा गरेका थिए । शुक्रबार दिउँसोदेखि सुरु भएको वार्तामा प्रधानमन्त्री सुशीला कार्की र प्रसाईँले छलफल गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर