रविविरुद्धको आरोप-पत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । रवि लामिछानेविरुद्धको आरोप-पत्र संशोधनका लागि स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानूनविपरीत भएको दावीसहित त्यसको बदरको माग गर्दै निवेदन पेश गरेका हुन् ।सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदन कर्मचारीहरुले अध्ययन गरिरहेका छन् । पौडेलले मुद्दा फिर्ता हुनसक्ने जोखिम पनि रहेको भन्दै कामकारवाही अघि नबढाउन अन्तरिम आदेश पनि माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर