मौसम : सामान्यतया सफा रहने
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आज बिहीबार दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने छ भने देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, आज राति तराई क्षेत्रका केही स्थानमा कुहिरो/कुहिरो लाग्ने छ। कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रतिक्रिया
