अगाडि बढ्यो विशेष पक्षधरको निर्वाचन, गगन सभापतिको उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगन थापाको सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। अन्य सबै पदमा उम्मेदवारी परिसकेको छ। यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी पर्ने सम्भावना छ। भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनमा पार्टीका संस्थापन पक्षका नेताहरू भने सहभागी छैनन्। सभापति देउवासँग बिहानसम्म वार्ता गर्दासमेत निष्कर्षमा पुग्न सकेन। निष्कर्षमा पुग्न नसकेका कारण विशेष पक्षधरहरूले आफ्नो निर्वाचन कार्यक्र अगाडि बढाएका हुन् ।
उता आज बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक अझैसम्म सुरु हुन सकेको छैन । बिहान ८ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठक साढे तीन घन्टा बितिसक्दा पनि बसेको छैन ।
