गगन थापा पार्टीको सभापति र प्रधानमन्त्रीको उम्मेदवार : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्रीका रूपमा गगन थापालाई अघि लागेर जाने बताएका छन् । विशेष महाधिवेशनको बन्द सत्रको समापनमा उनले भने, ‘सबैलाई लोकतान्त्रिक ढंगले, स्वस्थ ढंगले प्रतिस्पर्धा गरौं भनेर आउँदैछ । र नेपाली कांग्रेस पार्टी नेपाली कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्नेगरी गगन थापालाई अघिल्तिर लिएर आउँदैछ भन्ने कुरालाई पब्लिकमा लिएर जानुपर्नेछ ।’
‘यहाँबाट नेतृत्व चयन गरिसकेपछि तपाईंहरु कतिपय घर फर्किंदा होला तर हामीलाई निर्वाचन आयोगले पर्खिरहेको हुन्छ । विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्यो । के निर्णय लिएर आयो भनेर पर्खिरहेको होला । हामीले निर्वाचन आयोग पनि पुग्नुछ,’ उनले भने ।
प्रतिक्रिया
