हिमाञ्चलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ । आइतबार राति हिमाञ्चल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका ९ जनाको मृत्यु भएको हो ।

टाकुराका २ परिवारका ९ जना सदस्यको ग्यास सिलिन्डर विस्फोटपछि भएको आगलागीमा परी निधन भएको सिद्धकुमाख गाउँपालिका–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेहरुमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरीहरु १६ वर्षीया राधा विक र १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन्।

यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको छ । उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भएको जानकारी पाएको वडाध्यक्ष बुढाथोकीलले बताए । उनका अनुसार विस्फोटपछि आगलागी भएर वरपरका घरसमेत जलेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर