माघ ४ मा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयले ४ माघका लागि अधिवेशन आह्वान गरेको हो।

“राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०९/२८ को सिफारिसमा २०८२ साल माघ ४ गते आइतबारका दिन ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ‚” राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यसअघि सरकारले राष्ट्रिय सभाको अधिवशेन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सिंहदरबारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको अधिवेशन आगामी ४ माघका लागि आह्वान गर्न सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर