शक्तिशाली छानविन आयोग गठन गर्ने गगनको संकल्प
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरिने बताएका छन् । भृकुटीमण्डपमा हिजादेखि सुरु भएको कांग्रेसको विशेष महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, “विक्रम सम्वत् २०६३ पछि सार्वजनिक पदमा रहेका वा नरहेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्नको लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरिने छ,” महामन्त्री थापाले राजनीतिक प्रतिवेदनमा भनेका छन्, “उक्त आयोगलाई पूर्वन्यायाधीश, सेनाका पूर्वअधिकारी लगायत सम्पूर्ण व्यक्तिको सम्पत्ति छानबिनको समेत अधिकार प्रदान गरिने छ ।”
“यसलाई सुधार गर्न सबै सार्वजनिक खरिदसम्बन्धी कानुनको पुनर्लेखनन र प्रक्रिया डिजिटल, खुला र नागरिक निगरानीमैत्री बनाइने छ । ठेक्का सूचना, लागत अनुमान, ठेक्का पाउने कम्पनी, कामको प्रगति र भुक्तानी विवरण सार्वजनिक हुने व्यवस्था अनिवार्य गरिने छ,” महामन्त्री थापाले भने । स्थानीय तहदेखि केन्द्रसम्म नागरिक समाज, सञ्चारमाध्यम र समुदायको निगरानीलाई कानुनी मान्यता दिने गरी आवश्यक कानुन संसोधन गरिने उनले बताए ।
“अख्तियारको दुरुपयोग तथा भ्रष्टाचारको आरोप लागेका कुनै पनि तहका नेता र सदस्यलाई पार्टीले संरक्षण नगर्ने तथा औपचारिक रूपमा आरोप लागेको मितिदेखि पदबाट स्वतः निलम्बन हुने प्रस्ताव यो विशेष महाधिवेशन पारित गर्दछ”, महामन्त्री थापाको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
