जिप दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिक जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृतक एक  बालकसहित तीनै जना डडेल्धुराका हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी दीपककुमार राईका अनुसार दुर्घटनामा परी डडेल्धुराको अलिताल गाउँपालिका–३ का १४ वर्षीय राकेश रावत, सिगासे गाउँपालिका–१ का २४ वर्षीय निशान्त बोहरा र सोही वडाका २९ वर्षीय भानदेव भट्टको घटनास्थलमै मृत्यु भएको हो। चालक समेत दुर्घटनामा परी कति जना घाइते भए भन्ने यकिन भइनसके पनि कम्तीमा ८/९ जना घाइते भएको प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले मध्याह्न १२ बजेसम्म तीन जना घाइतेलाई मात्रै डडेल्धुरा अस्पताल पुर्‍याइएको र अन्य घाइतेलाई अस्पतालतर्फ पठाउने क्रम जारी रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर